‘म्याडम आरजू’ अर्थात् पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजू देउवाले भने मन्त्री बन्ने आश मारिसकेकी छिन् । प्रचण्ड प्रधानमन्त्री बन्नासाथ आरजूले मन्त्री बन्ने कसरत थालेकी थिइन्, तर देउवाले हिम्मत गरेनन् ।
जानकारहरु भन्छन्, ‘अब देउवाले हिम्मत गर्ने अवस्था पनि छैन र आरजू मन्त्री बन्ने चान्स पनि छैन । मनित्रमण्डलमा नाम नपठाएसम्म कांग्रेसमा यस्ता अनेक पाराका चाकडीचुक्ली देख्न सुन्न निरनतर पाइने भएको छ ।
तर, कांग्रेसले कहिलेसम्म नाम पठाउँछ ? यो भो अनुत्तरित छ । २०७३ भदौ६ गते सोमबार उपप्रधानमन्त्री विमलेन्द्र निधि भारतबाट फर्किदैंछन् ।
उनी फर्किएपछि के सन्देश लिएर आउँछन् अनि मन्त्रिमण्डलमा नाम पठाउँछु भनेका छन् देउवाले । पहिलो देउवाले नेविसंघको महाधिवेशनपछि भने अहिले निधि फर्किएपछि भन्दैछन् ।
अब कुनै बहाना देखाएर अरु केही दिन नाम नपठाउने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...