मुरारीअधिकारी, धादिङ, साउन २९ गते । सार्वजनिक जंगल अतिक्रमण गरेर बनाइएका स्थायी संरचनाहरू जिल्ला वन कार्यालय धादिङले भत्काउन थालेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत सालङघाटमा निर्माण गरिएको पक्की भवनलाई शनिबार जिल्ला बन कार्यलयले डोजरको प्रयोग गरी भत्काएको छ । कृपाञ्जली होटल सञ्चालन भइरहेको उक्त दुई तले पक्की घर बन क्षेत्र अतिक्रमण गरी घर बनाइएकाले भत्काएको जिल्ला वन कार्यालयका प्रमुख ईमानाथ पौडेलले जानकारी दिनुभएको छ । पौडेलले राष्ट्रिय बन अतिक्रमण गरी निर्माण गरिएको सबै भौतिक संरचना हटाइने बताउनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको सुरक्षा फौजका साथ जिल्ला बन कार्यालयको प्रतिनिधि अतिक्रमण गरी निर्माण गरिएको घर क्षेत्रमा पुग्दा स्थानीयहरुले प्रतिवाद गरेका थिए । स्थानीयको अबरोधका बाबजुत जिल्ला वन कार्यालयले उक्त घरलाई भत्काएको थियो । स्थानीय देवीप्रसाद सिलवालले बनाउनु भएका भौतिक संरचना भत्काउनु पर्ने तर सीमित व्यक्तिको घर छानी छानी भत्काइएकोमा आफूहरुको आपत्ती रहेको बताउनुभयो ।
एक साता अगाडि मात्र जिल्ला बन कार्यालय धादिङले जिल्लाको वैरेनी भल्टारस्थित वालकुमारी सामुदायिक वन समितिले मासिक भाडामा लगाएका तीन वटा घरटहराहरु भत्काएको थियो ।
जिल्ला विकास समितिको जिल्ला परिषदको निर्णय अनुसार गत शुक्रवार प्रमुख जिल्ला अधिकारी विस्व प्रकाश सुवेदीको अध्यक्ष्यतामा बसेको जिल्ला वन समन्वय समितिको बैठकले पृथ्वीराजमार्ग छेउमा अतिक्रमण गरेर बसेका अवैध घरटहराहरू तत्काल भत्काउने निर्णय गरेको जिल्ला बन अधिकृत ईमानाथ पौडेलले जानकारी दिनुभएको छ ।
जिल्ला वन कार्यालय धादिङका अधिकृत पौडेलले वन अतिक्रमण गर्नेलाई वन ऐन २०४९ को दफा ४९ वमोजिम नै कारवाहीको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । धादिङ जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा व्यक्ति, संस्था र सहकारीका भवनहरू सञ्चालन गरिरहेको गुनासो आएपछि जिल्ला वन कार्यालयले वन क्षेत्रको संरक्षण अभियान थालेको हो ।गोरखा पत्रमा खबर छ
वनक्षेत्र अतिक्रमण गरिएका घरमा डोजर लागाइयो
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...