-->
साउदी जेलमा रहेका रामचन्द्रबारे यस्तो भने प्रचण्डले

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अलपत्र परेका नेपाली कामदारप्रति गम्भीर चासो व्यक्त गरेका छन् । सनिवार ‘प्रधानमन्त्रीसँग सीधा कुरा’ नामक टेलिभिजन कार्यक्रममा बोल्दै उनले साउदी जेलमा रहेका रामचन्द्र तिमिल्सिनालाई नेपाल ल्याउन सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

विदेशमा रहेका नेपालीहरुप्रति सरकार सम्वेदनशील रहेको बताउदै प्रधानमन्त्री प्रचण्डले भने, ‘विदेशमा दुःख भोग्ने हजारौँ रामचन्द्रहरु छन् । यसको एक मात्र समाधान भनेको देशमै रोजगारीको वातावरण सृजना गर्नु हो । त्यसैले, दीर्घकालिन रुपमा देशमै रोजगारी सिर्जना गर्नको लागि सरकारले  आवश्यक पहल गर्नेछ ।’

उनले विदेशको जेलमा रहेका र कम्पनि टाँट पल्टिएर बेरोजगार बनेका नेपालीहरुप्रति सरकार सम्वेदनशील रहेकोसमेत उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले फास्ट ट्रयाकको विषयमा पनि बोलेका छन् । फास्ट ट्रयाक नेपालीले नै बनाउनुपर्ने उनको धारणा छ । प्रधानमन्त्री प्रचण्डले भने, ‘फास्ट ट्रयाक जस्तो राष्ट्रिय गौरवको आयोजनालाई विदेशीको हातमा सुम्पनु हुँदैन । फास्ट ट्रयाक नेपालीले नै बनाउनुपर्छ भन्ने मेरो धारणा हो । नया पत्रिकाबाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.