दूध बेच्दै पानी किन्दै
काभ्रे – काभ्रे चण्डिमण्डन गाविसका अधिकाशं बासिन्दाले भूकम्पपछि दूध बेचेर पानी किन्ने गरेका छन्।
भूकम्पले पानीको मूहान सुकेपछि पानीको आवश्वकता पूरा गर्न उनीहरुले दुध बोचेर पानी किन्ने गरेका हुन् ।
‘भूकम्पपछि गाविसका बासिन्दा दुध बोचेर पानी किन्न बाध्य भएका छौं’, चण्डनीमण्डन गाविसका पूर्वअध्यक्ष हरिप्रसाद नेपाल भन्छन्, ‘गाविसको माथिल्लो बेल्टमा रहेको करिब ३ हजार जनसंख्या भूकम्पले चलनचल्तीमा रहेका पानीका मुहानहरु सुकेसँगै दूध बोचेर पानी किन्न बाध्य भएका छन्।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...