गत आवमा दर्ता भएका सम्बन्धविच्छेदका घटनामध्ये ११४ वटाको फैसला भइसकेको छ । सम्बन्धविच्छेद गर्ने १६ देखि ४५ वर्ष उमेर समूहका जोडी रहेको अदालतले जनाएको छ । बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए ।
विवाहपश्चात् वैदेशिक रोजगारमा गएपछि श्रीमान् श्रीमतीबीच अविश्वासको दूरी बढ्दै सम्बन्धविच्छेदसम्म पुग्ने गरेको छ । श्रीमानले विदेशबाट पठाएको सम्पत्ति लिएर श्रीमतीले दोस्रो विवाह गर्ने तथा श्रीमान् फर्किएर दोस्रो विवाह गर्न बाध्य भएपछि अदालतमा पुगेर सम्बन्धविच्छेद गर्ने गरेका छन्
सम्बन्धविच्छेदको अर्को कारण अन्तर्जातीय विवाह र कम उमेरमा विवाह गर्नु पनि देखिएको छ ।
अन्तर्जातीय विवाह गरेपश्चात् केही समय श्रीमान्–श्रीमतीको सम्बन्ध प्रगाढ बने पनि त्यो लामो समय नटिक्नु, केही समयपछि परिवार र समाजबाट तिरस्कृत हुँदै जानु तथा कम उमेरमा विवाह गर्नुले सम्बन्धविच्छेदको घटना बढेको जिल्ला अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए ।
अदालतमा पर्ने महिला सम्बन्धिका मुद्दामध्ये ६० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदकै हुने जनाइएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...