-->
बेलायती राजकुमार ह्यारीको यस्तो छ भ्रमण तालीका, आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै

काठमाडौँ, ७ चैत । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आज राष्ट्रपति बिद्यादेबि भण्डारीसँग शितलनिबासमा शिष्टाचार भेट गर्नुहुने भएको छ । ह्यारीले आज दिउसो ११ बजे बिद्यादेबि भण्डारीसँग भेट्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राजकुमार ह्यारीले गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका विभिन्न स्थलको अवलोकनसमेत गर्नु हनेछ ।

उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थलमा भूकम्पले पारेको क्षतिको अवलोकन गरी जानकारी लिनु हुनेछ । साथै उहाँले नागबहालस्थित ‘गोल्डेन टेम्पल’ को अवलोकन गर्ने कार्यक्रम छ ।

पुरातात्विक तथा ऐतिहासिक स्थल घुम्न र यसका बारेमा जानकारी राख्न उत्सुक राजुकुमार ह्यारीले ती स्थलमा भूकम्पले पु¥याएका क्षति र पुनःनिर्माणका बारेमा जानकारीसमेत लिनु हुनेछ । परम्परागत काष्ठकला र सीपका बारेमा पनि उहाँले जानकारी लिनु हुनेछ ।

सोही दिन राजकुमार भक्तपुर जानु भई भूकम्पपीडित समुदायसँग उनीहरूका भोग्नुपरेका दुःख र व्यथा सुन्नुहुने र सहानुभूति प्रकट गर्नुहुनेछ । नेपाल रेडक्रस सोसाइटीद्वारा त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीका बारेमा पनि जानकारी लिनु हुनेछ ।

सो सामग्री बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग ९डिएफआइडी०ले सोसाइटीलाई सहयोग गरेको थियो । राजकुमार ह्यारीले अस्थायी शिविरमा रहेका करिब २५० भूकम्पपीडितलाई सामूहिक रुपमा भेटघाट गर्नुहुनेछ । त्यहाँ राजकुमारले उनीहरुका अनुभवलाई सुन्नुहुनेछ ।
त्यस्तै सोमबार र मङ्गलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा बिताउनुहुनेछ । वन्यजन्तु प्रत्यक्ष रुपमा हेर्न उत्सुक ३२ वर्षीय राजकुमारले बर्दिया राष्ट्रिय वन्यजन्तु निकुञ्ज रहेका वन्यजन्तु खासगरी गैँडा, हात्ती र बाघका बारेमा जानकारी लिनुहुनेछ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.