काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका
लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेका बेला ज्योतिषले भने अपत्यारिलो
भविष्यवाणी गरेका छन् ।
महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, गगनका ससुरा अर्जुननरसिंह
केसी र विपीपुत्र शशांक कोइरालाले उम्मेदवारी दिएका छन् । धेरैले गगन
थापाले जित्ने विश्वास व्यक्त गरेका छन् ।
ज्योतिष सुनील सिटौला
तर, यही समयमा ज्योतिषको फरक धारणा सार्वजनिक भएको हो । ज्योतिष शास्त्र
हेर्दा अहिलेसम्म महामन्त्रीमा गगन थापा जित्ने देखिदैन् । ज्योतिषले
शनिबार हेरेको शास्त्रमा थापाको जित्ने योग नदिएको हो । यद्यपी उक्त योग
आइतबार साँझपछि बदलिनसक्ने देखिएको छ ।
चर्चित युवा ज्योतिष सुनील सिटौलाले थापाको जित्ने योग नदिएको बताए । उनले
भने- ‘थापाको जित्ने योग हाम्रो शास्त्रमा देखिएको छैन् । हामीले जे देख्यौ
त्यही भन्ने हो ।’
उनका अनुसार ज्योतिष शास्त्रमा विपी पुत्र डा शशांक कोइराला महामन्त्रीमा
जित्ने सम्भावना देखिएको छ । ज्योतिष सिटौलाले भने- ‘प्रश्न ज्योतिषलाई
आधार बनाएर आजको रुलिङ प्लानेट हेर्दा त महामन्त्रीमा डा. कोइरालाको पो
चान्स देखाउँछ त ।’ ज्योतिष सिटौलाले शनिबार दिउँसो ३ बजेर ५८ मिनेटमा
ज्योतिष शास्त्रको रुलिङ प्लानेट हेरेका थिए ।
ज्योतिष सिटौलाले यसअघि गरेका भविष्यवाणी समयअनुसार मेल खाँदै आएका छन् ।
dainiknepal
कांग्रेस महामन्त्रीमा कसले जित्ला ? ज्योतिषले गरे अपत्यारिलो भविष्यवाणी-
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...