-->
नाबालिका बलात्कारमा संलग्नलाई साढे २० वर्ष जेल

सुर्खेत, चैत १६ - जिल्ला अदालत सुर्खेतले दुई नाबालिका बलात्कारमा एक व्यक्तिलाई २० वर्ष ६ महिना कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले आइतबार भरीगंगा नगरपालिकाका दुई बालिकालाई बलात्कार गरेको अभियोगमा भेरीगंगा-९, हर्रेका २९ वर्षीय वीरवहादुर टमटालाई २० वर्ष ६ महिना कैदसहित एकलाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। नागरिक दैनिकमा समाचार छ। 

‘सात वर्षीया बालिका बलात्कारमा १० वर्ष र ६ वर्षीया बालिका बलात्कारमा १० वर्ष ६ महिना कैद फैसला भएको छ, श्रेस्तेदार वीरेन्द्र मल्लले भने,‘पीडित दुवैलाई ५०–५० हजार क्षतिपूर्ति दिलाउने पनि फैसला भएको छ।’ 

प्रहरीका अनुसार गत साउन १ गते मदिरा सेबन गरेर टमटाले अभिभावक रोपाइँ गर्न गएको मौका छोपेर घरमै गई चाउचाउ दिने भन्दै ललाइफकाई दुवै जनालाई बलात्कार गरेका थिए। 

घटनाबारे आफन्तले पाँच दिनपछि मात्र थाहा पाएका थिए। घटनापछि फरार टमटालार्इ प्रहरीले गत साउन २४ गते काठमाडौंबाट पक्राउ गरी भदौ २ गते जिल्ला अदालतमा पेस गरेको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.