कैलालीको अत्तरियामा भीषण आगलागी, करोडौंको क्षति
कैलालीको अत्तरियामा भीषण आगलागी भएको छ। आगलागीबाट मुख्य चोकका आधा दर्जन भन्दा बढी पसल जलेर नष्ट भएका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
पूर्णागिरी इलेक्ट्रोनिक्स, शैलेश्वरी सुन–चाँदी पसल, पूर्णागिरी पसल, डिआर कलेक्सन, पन्त ट्रेडर्स, ए–वान फोटोकपी, जीतु सपिड्ड सेन्टर र गंगेश्वरी फेन्सी स्टोर आगलागीबाट जलेर पूर्ण नष्ट भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति पूर्णागिरी इलेक्ट्रोनिक्स पसलबाट सुरु भएको आगो आसपासका अन्य पसलमा समेत सल्किएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने एकीन नभए पनि लाखौंको क्षति भएको अनुमान गरिएको छ। आगलागी कसरी भयो भन्ने जानकारी हुन नसकेको प्रहरीले जनाएको छ।
करिब पौने ९ बजेतिर सुुरु भएको आगलागी दमकल र स्थानीयको प्रसायपछि राति सवा दश बजेतिर आगो नियन्त्रणमा आएको थियो।धनगढी उपमहानगरपालिकाका दुई वटा तथा कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट दमकल आगो नियन्त्रणका लागि आएका थिए।
आगलागी नियन्त्रण गर्न जेसीबीसमेत प्रयोग गरिएको थियो। जेसीबी लगाएर थप पसलमा आगलागी हुन नदिन भत्काउने प्रयास गरिएको थियो। आगलागी हुने वित्तिकै धनगढी उपमहानगरपालिकाको दमकललाई खबर गरिए पनि दमकल पुग्न ढिलाई हु“दा आगोले भीषण रुप लिएको बताइएको छ।
सुरुमा बम पड्कीएजस्तो आवाज आएको र पछि आगो सल्किएको प्रत्यक्षदर्शीले बताएका छन्। हावाहुरी चलेका कारण पनि आगलागी एकाएक फैलिएको हो। अत्तरिया नगरपालिकासंग दमकल नभएपछि धनगढी, टीकापुर र महेन्द्रनगरबाट दमकल बोलाइएको थियो।
0 comments
प्रतिक्रिया दिनुहोस्...