आज चैते दसैँ, ०७३ सालमा अझै दुईवटा दसैँ बाँकी
काठमाडौं, वैशाख – २ चैत महिनामा मनाईने चैते दसैँ वैशाख २ गते मनाईदैंछ । बिहीवार दुर्गाभवानीको पूजाआराधना गरी यो चाड मनाईंदैछ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।
अशोजमा मनाइने बडादसैँ भन्दा कम महत्वको मानिएपनि बिहीवार चतै दसैँको दिन पनि देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । चैते दसैँको दिन काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायत शक्तिपीठमा दर्शनार्थीको घुईंचो लागेको छ ।
तिथिका कारण २०७२ सालको चैते दसैँ वैशाखमा धकेलिएपछि ०७३ सालमा अर्को चैते दसैँ समेत गरी तीन वटा दसैँ परेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...