-->
बार्सिलोनका लागि ग्रिजम्यान बने बाधक, च्याम्पियन्स लिगबाट बाहिरियो

वैशाख२ – डिफेन्डिङ च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बुधबार राति भएको क्वाटर फाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भएको ला लिगा लिडर बार्सिलोना समग्रमा ३–२ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा लिएको २–१ को अग्रता जोगाउन नसक्दा बार्सिलोना अप्रत्यासित रुपमा क्वाटरफाइनलबाटै बाहिरिएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडलाई अन्तिम चारको यात्रा गराउन एन्टोनियो ग्रिजम्यान नायक बने । उनले ३६ औं मिनेटमा एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको एथ्लेटिको मड्रिडका लागि ८८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई ग्रिजम्यानले गोलमा परिणत गरेर बार्सिलोनाको हार तथा एथ्लेटिकोको अन्तिम चारको यात्रा निश्चित गरे । खेलको अन्तिममा बार्सिलोनाले पेनाल्टीको अपिल गरेको थियो तर पाएन । बार्सिलोना च्याम्पियन्स लिगका पछिल्ला ११ खेलमा पहिलो पटक पराजित भएको हो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.