केरलाको पुतिङगल मन्दिरमा आगलागी, ७७ जनाको मृत्यु
भारत केरलाको पारावुरमा रहेको पुत्तिंगल मन्दिर आगलागी हुँदा ७७ जनाको मृत्यु भएको छ।
केरलाको कोल्लममा रहेको पारावुरस्थित पुत्तिंगल देवी मन्दिरमा आइतबार विहान ४ बजे आतिशबादी उत्सव चलिरहेका बेला मन्दिरमा आगलागी भएको र अहिलेसम्म ७७ जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। आगलागीमा परी २०० भन्दा बढी मानिस घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार मन्दिर परिसरमा उत्सव चहिरहेका बेला आगलागी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ। आलगामीमा परी घाइते भएकाहरुलाई नजिकै अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।
विहान ४ बजेवाट सुरु भएको आगलागी झन्डै तीन घन्टापछि ७ बजे नियन्त्रणमा लिइएको छ।
यसैबीच घटना भएलत्ततै केरलाका मुख्य मन्त्री ओमन चाण्डी र गृहमन्त्री रमेश चेन्नीथाला पुगेका थिए। घटनापछि मूख्यमन्त्री चान्डीले आइतबारका लागि तय गरिएका सबै कार्यक्रम स्थगित गरेका छन्।
यस्तै स्वास्थ्य मन्त्री बीएस शिवकुमारले आगलागीमा परी घाइते भएकाहरुको उपचारका लागि त्रिवेन्द्रम मेडिकल कलेज र कोल्लम जनरल अस्पतालमा व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...