२८ चैत, काठमाडौं । वन्यजन्तुको उपचार र उद्धारका लागि चितवनको आँपटारीमा वन्यजन्तु अस्पताल निर्माण हुने भएको छ । घाइते, टुहुरा, अपाङ्ग तथा समस्याग्रस्त वन्यजन्तुको उपचार र व्यवस्थापन गर्ने उदेश्यले दियालो बंगलासँगै जोडिएको क्षेत्रमा वन्यजन्तु अस्पताल बनाउने तयारी गरिएको छ । यस्तो अस्पताल मुलुककै पहिलो हुनेछ ।
चितवन मेडिकल कलेजले भवनसमेत निर्माण गरेर हाल प्रयोगविहीन अवस्थामा रहेको संरचनालाई अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी गरिएको हो । विगत ३ वर्षदेखि त्यहाँका साना ठूला २१ वटा भवन प्रयोगमा नआएको वन कार्यालय चितवनले जनाएको छ ।
कलेजले मन्त्रिपरिषदको स्वीकृति लिएर करिब एक दशक प्रयोग गरेको संरचनाले कानुनी मान्यता नपाएपछि प्रयोगविहीन छ । अस्पतालका लागि प्रस्ताव गरिएको जग्गा र त्यहाँ निर्माण भएको भवन हाल जिल्ला वन कार्यालयकै स्वामित्वमा छ ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्ष विभागको अगुवाइमा स्थापना हुने अस्पताल चितवन राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोषले संयुक्त रुपमा सञ्चालन गर्ने छन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...