-->
२५ वर्षभित्र संसारकै धनी देश बनाउँछुः बाबुराम

‘नयाँ संविधानलाई पूर्ण बनाऔँ'
भक्तपुरः नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउने लक्ष्य रहेको बताएका छन् ।

ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्दै बाबुरामले भने, ‘दश वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी बनाउने लक्ष्य रहेको छ ।'

बाबुरामले यो सब यही पुस्ताले गर्नुपर्ने समेत बताउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने समेत बताएका छन् । ‘यो हाम्रै पालोमा हुनुपर्छ, त्यसका लागि स्थायी सरकार र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ,' बाबुरामले भने ।

त्यस्तै डा. भट्टराईले नयाँ संविधानलाई सबैले स्वीकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने समेत बताएका छन् ।

उनले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयनको पक्षमा सबैलाई लाग्न आग्रह गरे ।

मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उनको भनाइ थियो ।

उनले भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राखी राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्नेमा समेत जोड दिएका छन् । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.