-->
खरिदारको रिजल्ट आयो (उत्तिर्णहरुको सूचीसहित)

२२ जेठ, काठमाडौं । लोकसेवा आयोगले गत वैशाखमा लिएको खरिदारको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहको पदका लागि वैशाख ३१ गते काठमाडौं परीक्षा केन्द्रमा सञ्चालन भएको प्रथम चरणको परीक्षाफल प्रकाशित भएको हो ।

परीक्षामा १३ हजार ९९२ परीक्षार्थी रहेकोमा ३ हजार ९८१ उत्तिर्ण भएका छन् । १५१ जनाको भने उत्तर पुस्तिकामा ‘कि’ उल्लेख नभएकाले रद्द भएको छ ।

यस्तै पोखरा परीक्षा केन्द्रमा भएको परीक्षामा सहभागी भएका मध्ये ३ हजार १९१ जना मध्ये ६४५ उत्तिर्ण भएका छन् ।

पहिलो चरणको परीक्षामा पास भएकाहरु द्वितीय चरणको परीक्षामा सहभागी हुन पाउनेछन् । उनीहरुले यसअघि कै प्रवेश पत्रबाट पहिलो चरणाको परीक्षा दिएकै क्षेत्रीय निर्देशनालय वा कार्यालयले तोक्ने केन्द्रमा सहभागी हुन पाउनेछन्



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.