-->
बलात्कार गर्नेलाई फाँसीको सजाय

तेहरानः इरानको ऐतिहासिक सहर सिराजमा दर्जनौ महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई आइतबार फाँसीको सजाय दिइएको छ ।



आमिन दि नाम नामका व्यक्तिलाई सन् २०१५ मा नै पक्राउ गरिएको थियो ।

प्रहरीले आमिनको जस्तै थर भएका १५ हजार व्यक्तिमाथि गरेको अनुसन्धानपछि उनी पक्राउ परेका थिए ।

प्रहरीको डिएनए जाँचबाट आमिन पक्राउ परेका थिए । प्रहरीकाअनुसार आमिन दुई बर्ष आगाडी एक पटक मोबाइल चोरीको आरोपमा पनि पक्राउ परेका थिए ।

आमिन दिसँगै अर्का एक व्यक्तिलाई पनि बलात्कार कै आरोपमा फाँसीको सजाय दिइएको बताइएको छ । ती दोस्रो व्यक्तिले एक महिलाको बलात्कार गरेका थिए ।

मानव अधिकारवादी संस्था एम्नेस्टि इन्टरनेशनलका अनुसार इरानले सन् २०१५ मा कम्तीमा ९७७ व्यक्तिलाई फाँसीको सजाय दिएको थियो ।

फाँसी दिइएका ती व्यक्तिहरुमा प्रायः लागू औषध ओसारपसारमा लागेका व्यक्ति रहेको जनाइएको छ । एजेन्सी 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.