-->
एक वर्षभित्र आन्टर्कटिकाको समुद्रबाट हिउँ सकिँदै

फोटो :एजेन्सी
काठमाडौं: यो सालदेखि अर्को सालसम्ममा आन्टार्कटिकाको समुद्रमा रहेको बरफ सकिने चेतावनी विज्ञहरुले दिएका छन् । एक विश्वचर्चित वैज्ञानिकले आन्टार्कटिकाको हिउँ अबको एक वर्षभित्र सकिने चेतावनी दिएका हुन् । 
 
यस साल १ जुनसम्म आन्टार्कटिकाको समुद्रमा केवल ११.१ मिलियन स्क्वायर किलोमिटर इलाकामात्रै बरफ बाँकी रहेको छ । 
 
पछिललो ३० वर्षको औसत १२.७ मिलियन स्क्वायर किलोमिटर थियो । यो भनेको पुरै बेलायतलाई ६ पटक जोड्दा बन्ने बराबरको भूगोल हो । 
 
क्याम्ब्रिज विश्वविद्यालयका पोलर ओसेन फिजिक्स समूहका प्रमुख प्राध्यापक पिटर वडहम्सले आन्टार्कटिकाको हिउँ पुरै हराउन सक्ने बताएका हुन् । 
 
यस साल सेप्टेम्बरसम्म आन्टार्कटिकाको समुद्रमा १० मिलियन स्क्वायर किलोमिटरको इलाका भन्दा पनि कम हिउँ बाँकी रहनेछ । यदि यो पुरै गायव भएन भने पनि यसमा अहिलेसम्मकै रेकर्ड थोरैमात्र हिउँ बच्नेछ । 
 
आन्टार्कटिकाको समुद्रमा एक लाखदेखि एक लाख लाख २० हजार साल पहिले बरफको अन्तिम भाग सकिएको थियो । 
 
ध्रुवीय इलाकामा तीब्र गतिमा बढिरहेको तापक्रमका कारण यो स्थिति आउन लागेको हो । यसले बेलायतमा बाढीको अवस्था र अमेरिकामा बेमौसमी समुद्री आँधी पनि आइरहेको छ ।
 
यदि आन्टार्कटिकाको समुद्रमा रहेको हिउँ सकियो भने संसारभरको तापक्रम बढ्ने मात्रै छैन मौसमममा पनि कयौं बदलाव आउनेछ । यसले ग्लोबल वार्मिङको समस्या पनि ह्वात्तै बढाएर लैजानेछ । 
 
आन्टार्कटिका क्षेत्रमा आन्टर्कटिक महासागर, क्यानाडाको केही भाग, ग्रीनल्यान्ड (डेनमार्कको एक क्षेत्र), रूसको केही भाग, संयुक्त राज्य अमेरिका (अलास्का), आइसल्यान्ड, नर्वे, स्वीडन र फिनल्यान्डको भूभाग पर्दछन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.