-->
जंगलमा कौडा खेलिरहेका २ महिलासहित ८ पक्राउ

काभ्रे, जेठ २३ – काभ्रेको नासिकास्थान– १ साँगाको जंगलमा कौडा खेलिरहेका अवस्थामा शनिबार राती दुई महिला सहित ८ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा काभ्रे भैंसेपाटीका विनोद बस्नेत, भक्तपुर कमलविनायकका सागरनाथ लामिछाने, भक्तपुरका बद्री भेले, काभ्रे जनागालका सुरेन्द्र थापा, रामेछापका सन्तोष सुवेदी, काभ्रे बनेपाका सुदन केसी छन् । पक्राउ पर्ने महिलामा काठमाडौं नयाँबजारकी गंगामाया थापा र काठमाडौं चक्रपथकी संगिता मोक्तान रहेका प्रहरीले जनाएको छ ।

जंगलमै टेन्ट राखेर कौडा

जंगलमा टेन्ट राखेर कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनिलकुमार घिमिरेको नेतृत्वमा गएको टोलीले ३ लाख ७९ हजार रुपैयाँ नगद सहित ८ जनालाई पक्राउ गरेको हो । 

प्रहरी कौडा खेलिरहेको ठाउँमा पुग्दा १५÷१६ जना देखिए पनि अरु भागेका जिल्ला प्रहरी कार्यालयका सूचना प्रमुख एवं डिएसपी नविनकुमार राईले जानकारी दिनुभयो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यसरी अघिपछि पनि जुवा खेलाउने गरेको पाइएको छ । ‘एकै ठाउँमा अड्डा जमाएर भन्दा पनि विभिन्न ठाउँमा टेन्ट हालेर जुवा/कौडा खेलाइएको पाईएको छ, यसमा अनुसन्धान गरेर सार्वजनिक गर्छौ’ इलाका प्रहरी प्रमुख एवं प्रहरी निरिक्षक घिमिरेले भन्नुभयो । यसअघि पनि काभ्रेका विभिन्न ठाउँमा मोबाइल जुवा खेलाउने गरेको प्रहरीको भनाई छ ।  

पक्राउ गरेका मध्ये अनुसन्धानका लागि दुईजना महिलालाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा  राखिएको छ भने बाँकी ६ जनालाई इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.