-->
एसएलसी पनि पास नगरेका प्रम ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाउँदैन’

वर्तमान सरकारका ढल्न दिनुहुन्न्: बाबुराम
भक्तपुर, २२ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनपढ’ भन्दै आलोचना गरेका छन् ।
शनिबार नयाँ शक्ति नेपाल चागुँनारायण नगरपरिषदले भक्तपुरको छालिङमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले एसएलसी पनि पास गरेका ओलीले धेरै कुरा गर्न सुहाउँदैन् ।
‘१४ वर्ष जेल बसेका तर, कक्षा १० पनि पास नगरेका प्रधानमन्त्री ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाएन् र सुहाउँदैन,’ उनले भने ।
यसैबीच शनिबारै काभ्रेको बनेपामा नयाँ शक्तिले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले प्रचण्डलाई ‘खान्न खान्न भन्ने तर, लोकाचार खान पाए माना चार’ गरेको आरोप लगाए ।
उनले देशमा स्थायी सरकार आवश्यक रहेको औल्याउँदै वर्तमान सरकारका ढल्न दिनुहुन्न् भनेका छन् । पूर्व प्रधानमन्त्री बाबुरामले संविधान संशोधनमा जोड दिँदै सरकार फेरबदल हुने संस्कार अन्त्यका लागि पनि तत्काल संविधानमा संशोधन आवश्यकता रहेको जिकिर गरे ।
अहिले आएको बजेट प्रचारमुखी भएको आरोप लगाउँदै उनले देशको आर्थिक समृद्धिका लागि उत्पादनमुखी कार्यक्रम ल्याउन नसकेकाले बजेटले जनता लाभाम्वित हुन् नसक्ने स्पष्ट पारे ।
देशको आर्थिक समृद्धि, विकास र रोजगारलाई केन्द्रीत रहेर नयाँ शक्ति नेपाल अगाडी बढ्ने उनले जानकारी दिए । लोकतान्त्रिक युगमा नेपालको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकतालाई पुर्ति गर्न नयाँ शक्ति अभियान खोलिएको बाबुरामले स्पष्ट पारे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.