-->
ललित स्मृति फुटबलमा आर्मीद्वारा जाउलाखेल पराजित

जेठ ३२ - अठार वर्षमुनिको ललित स्मृति फुटबल प्रतियोगितामा नेपाल आर्मीले विजयी सुरुवात गरेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको प्रतियोगितामा आर्मीले जाउलाखेल युथ क्लवलाई २–१ ले हरायो ।

२५ औं मिनेटमा जाउलाखेलका सुशान्त चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएको भए पनि त्यसलाई जोगाउन नसक्दा जाउलाखेल पराजित भयो । आर्मीका लागि अभिषेक 
रिजालले ४५ औं मिनेटमा ६ यार्ड टाढाबाट हेडमार्फत गोल गर्दै गरे । यस्तै ८० औं मिनेटमा सुमान अर्यालको क्रसमा प्रेजन तामाङले  गोल गर्दै आर्मीलाई जिताए । प्रतियोगितामा बुधबार संकटा क्लव र थ्री स्टार क्लवबिच साढे १ बजे तथा सरस्वति क्लव र नेपाल पुलिस क्लवबच ४ बजे प्रतिस्पर्धा हुने ।

एक वर्षअघि करेन्ट लागेर ज्यान गुमाएका आफ्ना तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख रुपैयाँ पुरस्कार पाउने छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.