-->
नगरपालिकाको बजेटमा जम्बोटोलि भ्रमणमा


पुनर्वास,जेष्ठ ३१
  हेमन्त न्यौपाने 
     पुनर्वासनगरपालिका एक नमुना नगरपालिका बनाउने भनेता पनि चौतर्फी रुपमा नगरपालिकाको बिरोध हुन थालेको छ। हालै पुनर्वासनगरपालिका कार्यालयबाट देशका विभिन्न ठाँउ लगायत दार्जिलिङ भ्रमणका लागि भनी बजेट छुट्याएको भनी स्थानीय महिलाहरुले चर्को बिरोध गरेका छन। महिलासंजालबाट  महिलाको बिकासका लागि भनी छुट्याइएको बजेट र नगरपालिकाले उपलब्ध गराएको बजेटमा भ्रमण गर्न लागिएको थियो, तर पुनर्वासनगरपालिका भरका महिलाहरु जम्मा भै चर्को बिरोध पछी  भ्रमण स्थगित भएको थियो। आइतबार साबिक त्रिभुवनबस्ती गाबिसको चौरमा भेला भएको महिला भेलाले भ्रमणका लागि रिजर्भ गरिएको गाडी फिर्ता पठाएका थिए। आइतबार रिजर्भ गरिएको बस फिर्ता गराएता पनि भ्रमणमा निस्किसकेको भ्रमणटोलिका केही ब्याक्तिहरु भने आफ्नै खर्चमा भ्रमणमा गएको बताएका छन। भ्रमणका लागि भनेर छुट्याइएको १लाख ६० हजार मध्य ८० हजार निकासा भैसकेको र बसलाई अग्रिम भुक्तानी गरिएकाले सो रकम फिर्ता गराउन सोमबार पनि विशाल महिला जुलुसले नगरपालिका घेराउ गरेको थियो। पुनर्वासनगरपालिका अधिकृत शेर बहादुर बुढाका अनुसार बालमैत्री र वातावरणमैत्री कार्यक्रमका लागि नगरपालिकाले छुट्याएको १लाख ६० हजारले बुटवल र सुनवल नगरपालिका अवलोकन गरेर त्यहाँ देखेका र सिकेका कुरा यहाँ आएर त्यस्ता कार्यक्रमहरु गर्ने योजना रहेको थियो तर यहाँ बिरोध भएपछि अब भ्रमणमा गैसकेका महिलाहरुबाट निकासा भैसकेको ८० हजार फिर्ता गराउने भनि सहमति पनि भैसकेको छ। उनिहरु आएपछि बैठक राखी रकम फिर्ता गराइने उहाँले बताउनु भयो। नगरपालिका अर्का कर्मचारी लालमन तामाङले नागरिक आवाजसंग भन्नुभयो ;- यो रकम भ्रमणकै लागि भनेर निकासा भएको चै होईन। नगरपालिकामा बालमैत्री र वातावरणमैत्री कार्यक्रमका लागि नगरपालिकाले छुट्याएको रकम कार्यक्रमका लागी प्रयोग हुन नसक्दा नगरपालिका महिलासंजालसंग सहमत भै उक्त भ्रमण अन्तिम समयमा आएर तय भएको हो। महिलासंजालमा रहेका अधिकांश महिलाहरुको निर्णयमा यो भ्रमण तय भएको थियो। सबै महिलाहरुलाई जानकारी नदिइ यो भ्रमण तय भएको चाहिँ पक्कै हो। त्यहाँनेर चाहिँ गल्ती अवस्यपनि भएको हो। महिलासंजालमा पनि रकम भएकाले पुनर्वासनगरपालिकाले १ लाख ६० हजार निकासा गरेको थियो, उक्त रकममा पेस्की रकम ८० हजार बसलाई दिईएको पनि सत्य हो, उहाँले बताउनु भयो।
उता महिलासंजालकी सदस्य रहेकी सुकमाया मोक्तान भने आफूलाई पनि जान प्रस्ताव गरिएता पनि आफू महिलाका लागि आएको बजेटले संजालभित्रका महिलाहरु मात्रै भ्रमण जान नहुने भन्दै बिरोधमा उत्रिएको बताउनु भयो। महिलासंजाल पुनर्वासले महिलाको हितमा काम नगरेकाले अहिलेको पुनर्वास महिलासंजालसंग रुष्ट रहेको  उहाँ बताउनुहुन्छ। कामको जिम्मेवारी र बोल्नपर्ने ठाँउमा नपुग्ने तर ठुलापद ओकट्नेहरु आफ्नो जिम्मेवारीबाट पन्छिने, महिलाको हित विरुद्ध भ्रमण जान खोज्ने जस्ता गतिविधि आफूलाई पटक्कै मन नपरेको नागरिक आवाजलाई बताउनु भयो।
उता महिलासंजाल कै अर्कि सदस्य लक्ष्मी लम्सालका भन्नुहुन्छ;-महिलासंजालमा आएको रकम र नगरपालिकाले छुट्याएको उक्त रकमले नगरपालिकाका विभिन्न ठाँउहरुमा महिला बिकासका लागि तालिमहरु गराउनु, अति न्युन स्थितिका महिलाहरुलाई सहयोग गर्नुपर्नेमा, केही महिलासंजालका सदस्यहरुसंग नगरपालिकाका कर्मचारी र केही नेताहरु भएर भ्रमणमा लाग्नु पक्कै पनि उपयुक्त नहुने उहाँको तर्क छ।
स्थानीय महिला कल्पना श्रेष्ठका अनुसार अहिले महिलासंजालबाट भ्रमणका लागि निस्केका संजालका २० जना जति सदस्यहरु र अन्य नगरपालिकाका कर्मचारी तथा नेताहरुको विरुद्धमा आफूहरु उत्रिएको बताउनु भयो। यो कदम कदापि जनहितमा हुन नसक्ने र नगरपालिकाले भ्रमणका लागि बजेट छुट्याइदिनु पनि ठिक नभएकाले यो बिरोध कार्यक्रम गर्नुपरेको उहाँले बताउनु भयो। यो भन्दा पहिले पनि महिलासंजालका कार्यक्रमहरु जस्तै नारी दिवस मनाइयो, बालदिवस मनाइयो,महिला सशक्तीकरणको तालिम आयो, महिला उद्घोषक तालिम आयो। त्यस्ता कुनै पनि कार्यक्रममा आफूहरु मात्रै सहभागी हुने र अरुलाई जानकारी समेत नगराउने यहाँ भैरहेको छ। त्यसैगरी महिला बेचबिखन विरुद्धको तालिम आयो त्यसमा पनि भत्ता पचाउने काम भयो।न त यहाँ महिलालाई  सशक्तीकरण गरियो नत कुनै अपांग,बेसहारा महिलाहरुलागि कुनै सहयोग नै गरियो। यहाँ त महिलासंजालले आफुहरु मात्रै सबै किसिमका तालिमहरु लिने र भत्ता पचाउने काम भैरहेको उहाँले नागरिक आवाजलाई बताउनु भयो। आफूहरुले यो रकमले विभिन्न रोगबाट पीडित महिलाहरुको लागि सिबिर राख्ने तथा बेसाहारा महिलाहरुको निमित्त काम गर्न सुझाव दिए पनि आफूहरुलाई छक्याएर भ्रमणमा निस्किएका छन। सो विरुद्ध आवाज उठाएको उहाँ बताउनु हुन्छ।
स्थानीय महिला बसन्ती पौडेल भन्नुहुन्छ:- पहिले हामी महिलासंजालमा हुँदा यस्तो नभएता पनि अहिलेको नयाँ संजाल समितिले कुनै काम महिलाहितमा नगरेको गुनसो सुनाउनु भयो, सम्पुर्ण महिलाहरुका लागि निकासा भएको बजेटमा आफूहरु समितिका सदस्यहरु मात्रै घुम्न निस्कनु कुनै पनि हालतमा जायज नहुने भएकाले नगरपालिकाले छुट्याइएको बजेट फिर्ता गराउन यो बिरोध कार्यक्रम गर्नुपरेको बताउनु भयो। 
त्यस्तै बिरोध कार्यक्रममा सहभागी महिलासंघकी जिल्ला सदस्य मेनुका उप्रेतीका भन्नुहुन्छ:- अहिले महिलासंजालबाट जुन प्रकारको भ्रमणको कार्यक्रम राखियो त्यो अति नै लज्जास्पद छ। दलित,उत्पीडित महिलाहरुको स्तर उन्नत र सशक्तीकरणका लागि आएको बजेटमा यसरी रजाइ गर्न खोज्नु सरासर गलत हो। भ्रमणमा जान निस्किएका संजालका महिलाहरुलाई रोकेर बिरोध गर्दा भ्रमण स्थगित भएको थियो पछि उनिहरु आफ्नै पैसाले भएपनि भ्रमण गैछोड्ने भनी निस्किएका थिए, नगरपालिका अधिकृत शेर बहादुर बुढाले उक्त रमक रोक्का गरिने र बिरोधका बावजुद भ्रमण नगरिने बताउनु भएको थियो। अब नगरपालिकाबाट छुट्याएको उक्त रकम फिर्ता गराउन आफूहरुले आजको बिरोध कार्यक्रम गरेको बताउनु भयो। 
बिरोध कार्यक्रममा सहभागी स्थानीय महिला देवि लोहनी भन्नुहुन्छ:- दलित,असाहाय,एकलमहिलाहरुका ल


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.