नेपालीहरूलाई नेपालबाटै भिसा दिन अष्ट्रेलियन मन्त्री सकारात्मक
सिड्नी । अष्ट्रेलियामा जुलाईमा हुन गैरहेको निर्बाचनलाई मध्यनजर गर्दै यहाँ रहेका नेपालीहरूले पनि आफ्नो सक्रियता बढ़ाई रहेका छन् । निर्बाचनमा भोट खसाल्ने अधिकार पाएका नेपालीहरूको बढ्दो सक्रियताले उनीहरूले सम्बन्धित मन्त्री तथा पक्षहरूसँग नेपालीहरूका समस्याका बारेमा खुलेर कुरा गर्ने अबसर पाएका छन् ।
यसैबिच नेपालीहरूको समूह लिबरल फ्रेन्डस अफ नेपालले अष्ट्रेलियाका अध्यागमन मन्त्री पीटर डटनसँग भेटेर भिसाको लागि नेपालीहरूले भोग्नु परेको समस्याका बारेमा कुरा उठाएका थिए ।
नेपालीहरूले भिसाका लागि भारतसम्म जानु पर्ने जस्ता झन्झटिलो समस्या भोगिरहेको र भिसा सम्बन्धि कार्य नेपालमा नै गरिनु पर्ने कुरा तर्फ जोड दिएका थिए -‘ हाम्रो यो कुरालाई मन्त्री डटनले सकारात्मक रूपमा लिनु भएको छ । हामी पनि सकारात्मक नै छौ -‘ लिबरल फ्रेन्डस अफ नेपालका सचिब निरज श्रेष्ठले बताए ।
उनका अनुसार अष्टेलियाका मन्त्रीले नेपालीहरूको समूहलाई महत्व दिनुलाई राम्रो रूपमा हेर्नु पर्दछ । लिबरलका स्थानिय उम्मेदवारलाई जिताउन मन्त्री पिटरले नेपालीहरू समक्ष आग्रह पनि गरेका थिए र नेपालीहरूले आफ्नो तर्फ बाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सन १९९७ देखी भिसा सम्बन्धि काम भारतबाट हुन थालेको र त्यो भन्दा अगाडि नेपालमा हुदां बिधार्थी र अभिभाबकहरूलाई सजिलो भएको कुराबारे नेपालीहरूले अध्यागमन मन्त्री डटनलाई अबगत गराएका थिए भने नेपाली बिधार्थीहरूका लागि पहिलो छनौटमा परेको मूलुक अष्टेलियाले नेपाललको भिसा समस्यालाई सजिलो पारिदिन सुझाब समेत दिएका थिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...