-->
नेपाललाई मात्र होइन, चीनलाई समेत दियो भारतले खुल्ला चूनौती, पाकिस्तान तनावमा !

एजेन्सी / यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमणलाई दक्षिण एसियामा निकै महत्वका साथ हेरिएको छ । 


प्रधानमन्त्री मोदीको यो भ्रमणका क्रममा उनले भारत–अमेरिका बीच गर्ने रक्षा सम्झौता र परमाणु व्यापार समुहसँग आबद्ध हुन देखाइरहेको रुचीलाई विशेष महत्वका साथ हेरिएको छ । मोदीले यी विषयमा अमेरिकासँग गम्भीरताका साथ वार्ता गर्दैछन् । भारतले अमेरिकासँग गर्ने भनिएका यी सम्झौताहरुले एसियामा समेत महत्वपूर्ण अर्थ राख्ने जानकारहरुको भनाई छ ।

विशेषगरी विश्व महाशक्तिको रुपमा उदाउने तरखरमा रहेको चीन र पाकिस्तान लगायतका मुलुकहरुले यो भ्रमण र यसमा गरिने सम्झौताहरुलाई विशेष महत्वका साथ हेरिरहेका छन् । वास्तवमा भारत परमाणू व्यापार समुहभित्र सामेल हुन विशेष जोड गरिरहेका समाचारहरु बाहिर आइरहेका छन् । यो समुहसँग आबद्ध हुन यसअघि पनि रोकेको चीनले यो पटक पनि रोक्ने सक्ने सम्भवना रहेको बताइएको छ ।

यसअघि सन् १९७४ मा समेत भारतले गर्न लागेको भनिएको परमाणू परीक्षणलाई चीनले आपत्ति जनाएपछि रोकिएको थियो । तर यसबेला भने यस आणविक क्लबभित्र भारतलाई समावेश गर्न अमेरिका, बेलायत, रुस र फ्रान्सले भने सहमति जनाउने दाबी गरिएको छ ।

चीनले भने यो समुहमा आबद्ध हुन पाकिस्तानलाई अघि सारिरहेको छ । सम्भवत, जर्बजस्त रुपमा भारतले यी सम्झौताहरुमा हस्ताक्षर गरे दक्षिण एसिया सुरक्षा चूनौतीहरु समेत थपिन सक्ने थिंक ट्यांकहरुको भनाई छ ।

भारत विश्व आणविक क्लबमा समावेश भएमा यी प्रभावहरु देखिन सक्छन् :

–भारत कानूनी रुपमा परमाणू शक्ति सम्पन्न मुलुक हुनेछ र उसले जतिबेला पनि आणविक परीक्षण गर्ने बाटो खुल्नेछ । –आणविक समुहमा आवद्ध भए भारतलाई ठूलो परिमाणमा उर्जाको आवश्यकता पर्दछ र त्यसका लागि उसले स्वच्छ उर्जा प्राप्त गर्ने अभियानहरु समेत खोल्ने बाटो खुल्छ ।

–चीनको विरोध हुँदाहुँदै पनि भारत यो समुहमा आबद्ध भएमा उ थप मजबूत हुने समेत आंकलन गरिदैछ ।
–यसबेला भारत सो समुहमा आबद्ध भयो भने पाकिस्तान लगायतका आणविक रुपमा शक्तिशाली हुन थालेका मुलुकहरुलाई उसले नियन्त्रणमा लिनेछ । जबकि सो समुहमा आबद्ध हुन थालेको पाकिस्तानलाई उसको समर्थन विना नयाँ सदस्यता दिन मिल्ने देखिदैन ।

–संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा स्थायी सदस्य राष्ट्रको रुपमा रहेको चीनको विरोधको बाबजुद भारतले उल्लेखित कदम चाल्ने निश्चत जस्तै देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा देखिएको यो महात्वाकांक्षाले एसियालाई थप असन्तुलतिर धकेलिनदिन सक्ने जानकारहरु बताउँछन् ।

पाकिस्तान तनावमा 
भारतीय प्रधानमन्त्रीको यो भ्रमण र त्यहाँ गर्ने भनिएका रक्षा सम्झौताले पाकिस्तानलाई थप चूनौती थपिदै गएको समेत बताइन्छ ।

भर्खरै,पाकिस्तान र अमेरिकाबीच एफ–१६ अत्याधुनिक लडाकु विमान खरिदबारे वार्ता भइरहेको थियो । यद्यपि,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणसँगै त्यो खरिद प्रकरण रद्ध भएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

पाकिस्तानलाई दिने भनिएका ती अत्याधुनिक जहाजहरु सम्भवत नरेन्द्र मोदीको रक्षा सम्झौताभित्रका विषयहरुमा पर्दैछन् ।

यो विषयमा ती विमान कम्पनीहरुले भारतमा जहाज निर्माण गर्ने इच्छा देखाइरहेका थिए । ती इच्छाहरु अमेरिकी कंग्रेसमा प्रधानमन्त्री मोदीले गर्ने सम्बोधन सँगै पूरा हुन लागेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

अमेरिका एसियामा भारतलाई शक्तिशाली बनाउने अभियानमा

अमेरिका चीनको दाँजोमा भारतलाई शक्तिशाली बनाउने अभियानमा जुटेको देखिन्छ । उसले विश्वमै सुपर पावरका रुपमा अघि आउँदै गरेको चीनको समकक्षमा भारतलाई राख्न चाहेको प्रसंग समेत बाहिर आइरहेका छन् ।

दक्षिण चीन सागर लगायतका विषयमा समेत चीन–अमेरिकाबीच विवाद चल्दै आइरहेको छ । चीनको यो क्षेत्रमा एसियाका जापान भियतनाम, फिलिपिन्स, ताइवान, मलेसिया, बु्रनाई लगायतका मुलुकहरु विवादमा मुछिएका छन् ।

यो सवालमा समेत अमेरिकाले त्यसको मध्यस्थता र सुपर पावरका रुपमा भारतलाई अघि ल्याउन लागेको जानकाहरु बताउछन् । भारत र अमेरिकाले गर्न लागेका पछिल्ला यी गतिविधिप्रति चीनले विशेष चासोका साथ हेरिरहेको समेत बताइन्छ । रंगलाल 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.