काठमाण्डु, १५ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा सम्बोधन गर्दै नयाँ कार्यविधी बनाएर भूकम्प पीडितहरुलाई रकम उपलब्ध गराउने बताएका छन् ।
नेपाली कांग्रेसको माग सम्बोधन गर्न संसदमा उपस्थित भएका प्रधानमन्त्रीले दातृ निकायसँग सहमति गरेर नयाँ कार्यविधी बनाउने जानकारी पनि दिए ।
उनले त्यसो भनिरहँदा कांग्रेसका सांसदले उठेर हल्ला गरेका थिए । उनीहरुले ओलीले सहमति अनुसार नबोलेको बताउँदै संसद अवरुद्ध गर्न खाजेपछि सभामुख ओनसरी घर्तीले आग्ह गरेर कांग्रेस सांसदलाई बस्न भनेकी थिइन् ।
त्यसपछि ओलीले नयाँ कार्यबिधि बनाएर दातृ निकायसँग छलफल गर्नुपर्ने बताउँदै कांग्रेसलाई अनावश्यक कुरा झिकेर निहु नखोज्न भनेका थिए ।
ओलीले अहिलेसम्म १२ अर्ब ४४ करोड भन्दा बढी रकम भूकम्पपछिको अनुदान र पुननिर्माणका लागि निकासा भएको जानकारी दिएका थिए ।Kathmandu today
0 comments
प्रतिक्रिया दिनुहोस्...