-->
मधेसी मोर्चा बिच नै झडप ,चार जना घाइते

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादबबीच जग्गाको कम्पाउन्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् ।
झडपमा परेर टाउकोमा चोट लागेका राधेश्याम रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमले जनाएइको छ ।jhagada
झडपमा परी बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन् । जंगीलाल राय सर्लाही क्षेत्र नं ५ बाट तमलोपाका निर्वाचित संसाद हुन् ।
प्रहरीले तमलोपा सांसद रायबाट एक थान बाह्र बोर बन्दुक बरामद गरेको छ ।
सांसद जंगीलाल रायले सर्वोच्च अदालतले गरेको फैसलाअनुसार जग्गा छुट्याएर आफ्नो कम्पाउन्ड लगाउने क्रममा झडप भएको बताए । आजको नेपाल समाचारपत्रमा समाचार छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.