-->
लोकतन्त्रमा सुशासन हराउदै गएको कलाकारहरुको चिन्ता

लोकतन्त्रपश्चात सुशासन शब्दको मर्म नै हराउँदे गएको भन्दै वरिष्ठ हास्य कलाकारहरुले चिन्ता व्यक्त गरेका छन् । कलाकारहरु हसाँउन र मनोरञ्जन प्रदान गर्नमात्र नभएर मानवीय संवेदनालाई छाम्न पनि सफल रहेको हास्य कलाकारहरुले बताएका छन् ।

वुधवार वरिष्ठ हास्य कलाकार किरण केसीको जन्म दिनको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा कलाकार तथा वुद्धिजीविहरुले लोकतन्त्रमा सुशासन भन्ने शव्द नै हराउँदै गएको बतउका हुुन् । धुर्मुस सुन्तलीको पुननिर्माण अभियानको सन्दर्भ उल्लेख गर्दै कलाकारहरुले मानवीय संवेदनालाई पार लगाउन पनि हास्य कलाकारहरु सफल रहेको उल्लेख गरे ।चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले विकृति विसंगति विरुद्ध नेपालको हास्य कलाकारिता सफल रहे पनि पछिल्लो समय अराजकता तर्फ गैरहेको भन्दै समीक्षा गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
कार्यक्रममा लेखक तथा पत्रकार हरिवहादुर थापाले लोकतन्त्रमा सुशासन शव्द लोप हुदै गएको तर्क गर्दै केन्द्रदेखि स्थानीय तहसम्म भागवण्डा मौलाएको जीकिर गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संस्थाको प्रमूखविरुद्ध अनसन बस्नुपर्ने अवस्था आएको भन्दै थापाले यो विडम्वना रहेको बताए ।
सुशासनका लागि हास्यव्यंग्य अभियान तथा सम्मान कार्यक्रममा वरिष्ठ कलाकार वसुन्धरा भुसाल र कोमल वलीलाई सम्मान गरिएको थियो । त्यसैगरी, विभिन्न व्यक्तित्वहरुवाट संकलित रकम कलाकार धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिएको थियो ।news 24 Nepal 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.