-->
इपीएस परीक्षाको तयारी अब मोबाइल एपबाटै

काठमाडौँ: कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपीएस टपिक) को तयारी अब मोबाइलमै गर्न सकिने भएको छ । 
 
नेपालमै पहिलोपटक इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप तयार भएको हो । 
 
उरी कन्सल्टेन्सी प्रालिले एन क्लाउड र साइबर लिङ्क प्रालिको संयुक्त प्रयासमा बनेको एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइ गरी २५÷२५ वटा प्रश्न र सम्भावित उत्तर राखिएका छन् । 
 
'इपिसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नको सेट राखेका छौँ', उरी कन्सल्टेन्सीका प्रतिनिधि उदेश श्रेष्ठले भने, 'एप चलाएर सजिलै परीक्षा दिन सकिन्छ । यसले वास्तविक इपिस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ।' 
 
आगामी असार ४ र ५ गते काठमाडौँ र पोखराका विभिन्न परीक्षा केन्द्रमा हुन लागेको परीक्षामा सहभागी हुन ६० हजारभन्दा बढीले फाराम भरेका छन् । 
 
इ–सेवाको अकाउन्ट हुनेले इ–सेवामार्फत सिधै र नहुनेले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेसनमा रहेको इ–सेवा जाने, इ–सेवा पोइन्टमा गई अनलाइन भुक्तान गरी प्याकेज खरिद गर्न सक्ने इ–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले जानकारी दिए । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.