-->
नेपालको संबिधान एसियाकै उत्कृष्टः खनाल

चितवन, जेठ २३ – नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संबिधान एसियाकै उत्कृष्ट भएको बताउनुभएको छ । आइतबार रत्ननगरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले नेपालमा जारी भएको संबिधान अन्य देशका लागि समेत नमुना वनेकाले संविधानको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।

 

मुलुकको आर्थिक विकास र समृद्धिको लागि संबिधान कार्यान्वयन जरुरी रहेको बताउँदै उहाँले संबिधान कार्यान्वयन हुन नसके नेपाल र नेपाली जनता असफल सावित हुने भएकाले संबिधानको कायान्वयनको लागि दलहरुबीच राष्ट्रिय सहमति  आवश्यक रहेको बताउनुभयो । 

संविधानले सबै क्षेत्र, भुगोल, जातजातिलाई समेटेको बताउँदै नेता खनालले संबिधानले सबैलाई बराबरी हक दिएको बिरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । बजेटका बारेमा भ्रम छर्ने काम भईरहेको भन्दै उहाँले बजेटको बारेमा नागरिकलाई बुझाउन देशव्यापी कार्यक्रम गर्ने तयारीमा एमाले रहेको बताउनुभयो । 

नेता खनालले दलहरुको सहमतिमा तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभयो। आउदो मंसिरमा स्थानीय निकाय, २०७४ माघमा प्रतिनिधि सभाको निर्वाचन, त्यसपछि प्रदेशको निर्वाचन हुने नेता खनालले बताउनुभयो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.