-->
नेपालको कोसी व्यारेजलाई भारतले विवादामा तान्दा समेत सिंहदरबार किन चुप ?


काठमाडौं, १३ साउन - सप्तकोशी बाँधको सुरक्षाप्रति भारतीय पक्षले देखाएको संग्दिध चासो र दाबीप्रति नेपाल सरकार औपचारिक रुपमा बेखबर छ।

सप्तकोशी बाँध ध्वस्त पारिदिने ३ वटा अन्तरास्ट्रिय इस्लामिक अतिवादी संगठनको हवला दिँदै भारतले सुरक्षा मजबुत बनाउन नेपाललाई परिपत्र गर्दा समेत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले उसबारे औपचारिक धारणा बाहिर ल्याएका छैनन्।

भारतीय पत्राचारपछि ब्यारेज आसपास तथा सुनसरी, सप्तरी र मोरङ जोड्ने नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ। अस्वभाविक रुपमा बढाइएको सुरक्षा तैनाथी र खानतलासपछि सप्तकोशी ब्यारेज हुँदै आवतजावत गर्ने नेपालीले सास्ती ब्यहोर्नुपरेको छ । व्यारेज ध्वस्त पारिदिने धम्की आएको भारतीय संदेहास्पद दाबी गरेको छ।

यसबाहेक नेपालका माओवादी संगठनहरु पनि चुनौतिका रुपमा रहेको भारतीय विवादास्पद दाबी आएको छ। उच्च स्रोतका अनुसार भारतले अहिलेसम्म परराष्ट्र मन्त्रालयलाई यस विषयमा जानकारी गराएको छैन। त्यस्तै गृहमन्त्रालयले पनि भारतीय दाबीप्रति औपचारिक धारणा सार्वजनिक गरेको छैन। आजको कारोबार दैनिकमा खबर छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.