-->
भूकम्पीडितलाई तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – प्रधानमन्त्री प्रचण्डले बिहिबार पदभार ग्रहण गरेका छन् । आजै शपथ लिएर उनी प्रधानमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा काम गर्न जानिएन । १० वर्षमा धेरै कुरा सिकेर आएको छु । अब जनताको पक्षमा काम गर्छु ।’

उनले आन्तरिक राष्ट्रिय एकतालाई बलियो पार्न काम गर्ने बताउँदै दलित, आदिवासी, जनजाति, मधेशी, पिछडा वर्गको उत्थानको काम गर्ने बताए । उनले भूकम्पको पुनर्निर्माण र आर्थिक समृद्धिको कामलाई प्राथमिकतामा राख्ने बताए ।
पदभार ग्रहण गर्दै उनले चार निर्देशन दिए  :

prachanda (2)१) गरिबका लागि सरकार

२) भूकम्पपीडितलाई तत्काल राहत र पुर्ननिर्माण

३) हरेक जिल्लामा स्वास्थ्यकर्मी पठाउने

४) दलित/जनजातीको वच्चाको जन्म दार्ता गरेमा एक हजार प्रोत्सहान भत्ता दिने

सरकारका प्रवक्ता तथा अर्थमन्त्री कृष्णबहादुर महराले दिएको जानकारी अनुसार यस्ता छन्, प्रधानमन्त्री प्रचण्डको पहिलो मन्त्रीपरिषद् बैठकबाट भएका सात निर्णय :

१.लोकतान्त्रिक आन्दोलनका सबै सहिदप्रति श्रद्धाञ्जली व्यक्त

२.बैशाख १२ को भूकम्प र बाढी पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

३.भूकम्प पीडितलाई तत्काल एकलाख रुपियाँ राहत प्रदान गरिने
४.बाढी पहिरोमा परेर घाइते भएकाहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना
५.सरकार गठनमा सहयोग गर्र्ने सबैलाई धन्यवाद
६.सञ्चारमन्त्री नियुक्त नभएसम्म सो जिम्मेवारी अर्थ मन्त्री कृष्णबहादुर महरालाई जिम्मेवारी दिने
७.पूर्व सरकारले आन्दोलनका घाइते तथा सहिदलाई दिने राहत तत्काल उपलब्ध गराउने(रातोपाटीमा खबर छ ) 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.