काठमाण्डु, २० साउन– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
राजधानीमा तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय स्वाधिनताका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
उसले सुकुम्बासी समस्या, भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालाबजारीको विरोध र भूकम्पपीडितहरूका लागि नवनिर्माणको व्यवस्था लगायतका विषयलाई समेत आफ्नो मुद्धा बनाएको छ ।
वैद्यद्वारा विहीबार जारी विज्ञप्तिमा घोषित आन्दोलनको कार्यक्रम अनुसार राष्ट्रिय स्वाधिनताका विषयमा भदौ २४ गते देशब्यापी विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता र अपर कर्णाली लगायत जलविद्युत् परियोजनाको बारेमा संघर्ष चर्काउने भनिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनासाथ वैद्य माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
Kathmandu today
0 comments
प्रतिक्रिया दिनुहोस्...