-->
डेनमार्कमा नेपथ्य, युरोप भ्रमणको अन्तिम प्रस्तुति

काठमाडौं, साउन २० – युरोप भ्रमणमा रहेको नेपाली लोकरक ब्याण्ड नेपथ्यले डेनमार्कको कोपेनहेगन सहरमा अन्तिम प्रस्तुति दिएको छ । 
कोपेनहेगन आमाबियोमा आयोजित कन्सर्टमा डेनमार्कमा रहेका नेपाली र नेपालसँग जोडिएका डेनमार्कका बासिन्दाको सहभागिता थियो । ‘कस्तो सकारात्मक उर्जाको प्रवाह, ब्याण्ड र दर्शक बिचको सम्बन्ध गज्जबको थियो’ सन् २००१ देखि चार वर्षसम्म नेपालस्थित डेनमार्कको दुतावासमा ‘चिफ अफ मिशन’ रहेका गर्ट मेनिकीले कन्सर्ट हेरेपछि प्रतिक्रिया दिनुभयो । 
पछिल्लो समय नेपाली विद्यार्थीका माझ डेनमार्क लोकप्रिय शैक्षिक गन्तब्य बन्दै आएको छ । यो लोकप्रियतासँगै यहाँ पढ्न आउने विद्यार्थीको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ । ‘जुन सहरमा नेपालीहरुको संख्या नै झण्डै २५ सय हुन्छ त्यस्तो ठाउँमा नेपथ्यजस्तो ब्याण्डको कन्सर्ट आयोजना गर्नु कम्ती चूनौतिपूर्ण हुँदैन,’ 
आयोजक आइएनएसका तर्फबाट कार्यक्रम संयोजक रविन्द्र खड्काले भन्नुभयो, ‘दोश्रो पुस्ताका नेपाली बढेसँगै हामीले सबैलाई केटाकेटीसमेत लिएर नेपथ्यको कार्यक्रम हेर्न आउन अनुरोध गरेका थियौं जसले गर्दा भावी पुस्ताले विश्व स्तरको हाम्रो आफ्नै ब्याण्डलाई पनि अनुभूत गर्न सकून् ।’

कोपेनहेगनको कार्यक्रम रमाइलो, उत्साहजनक र सँधैजस्तो अमृत गुरुङबाट मिल्ने जन्मथलो नेपालको स्थिति वर्णनबाट अघिबढेको थियो । फेरि पनि अमृतले सामाजिक सन्देशहरु सुनाएर दर्शकलाई भावविभोर बनाएका थिए । 

कार्यक्रम सदाबहार नेपथ्यका पुराना हिटहरु ‘छेक्यो छेक्यो’, ‘हिमाल चुचुरे’, ‘रेशम’, ‘तालको पानी’ हुँदै भर्खर रिलिज भएको ‘कोशीको पानी यो जिन्दगानी’बाट अघि बढेको थियो । नेपथ्यले आफ्नो शैलीको प्रयोग गर्दै पुनः जागृत गराएको ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ पनि सुनायो । (ujyalo 90network) 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.