-->
करण केसीले लिए नेदरल्याण्ड्सको पहिलो विकेट

काठमाडौं, साउन २९ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँग भइरहेको पहिलो खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका छन् । मिचेल रिप्पोन ६ रनमा आउट भए । १ विकेटको क्षतिमा नेदरल्याण्ड्सको ३ ओभरमा १३ रन भएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर १ बलमा १० विकेट गुमाएर ९४ रन बनाएको थियो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको पहिलो विकेट ज्ञानेन्द्र मल्ल ११ रन बनाएर बोल्ड आउट भए । यस्तै अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए । कप्तान पारस खड्का बिना रन आउट भएपछि नेपालको ब्याटिङ धर्मराएको थियो । सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । शरद भेषावकर ७१ बलमा १४ रन बनाएर आउट भए । यस्तै सोमपाल कामी २८ बलमा १२ रन,  सन्दिप लामिछाने १ रन र करण केसी बिना रन आउट भए । 

नेदरल्याण्डस्का मिचेल रिप्पोन र भ्यान डर गगटेनले ३/३ विकेट लिए । यस्तै भ्यान डर मर्वीले २ साथै मुदासार बुखारी र भ्यान मिकिरेनले १/१ विकेट लिए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.