-->
पूर्वप्रधानमन्त्री ओलीले कार्यकर्तालाई भने- भीषण आन्दोलनका लागि तयार बनौ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले संविधान कार्यान्वयन नगर्ने संगठित योजना अनुसार आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै भीषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

नेकपा एमालेको केन्द्रीय पार्टी स्कुल विभागले शनिबार कठमांडौमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कुनैपनि बेला आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउँदै आफूले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि त्यसबाट अत्तालिएर माओवादी र काँग्रेसले लोभ र पाप जगाई सरकार परिवर्तन गरेको आरोप लगाए।  उनले संविधान कार्यान्वयन गर्न नखोज्ने षड्यन्त्रका विरुद्ध पार्टीका सबै संयन्त्र परिचालन गरिने बताए।

नेकपा एमालेका अध्यक्ष ओलीले माओवादी र काँग्रेसमाथि सरकार परिवर्तन गरेर मुलुकको राजनीतिलाई कुबाटोमा धकेलेको आरोप लगाउँदै राजनीतिलाई सही बाटोमा ल्याउन दवाब सिर्जना गर्न आवश्यक रहेको बताए।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.