-->
बाबुराम भट्टराई भन्छन्ः प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक

विराटनगर, १४ चैत । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक रहेको बताउनुभएको छ ।


विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले हामीले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्दै परनिर्भर होइन कि आत्मनिर्भर बन्नुपर्छ भन्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा मुलुकको सात प्रदेशमै भौगोलिक सीमाङ्कन मिलाएर मधेसको समस्या समाधान गर्नुपर्ने धारणा प्रकट गर्नुभयो । उहाँले राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुनुपर्नेलगायत संविधानमा देखिएका अपूर्णतालाई संसद्मार्फत संशोधन गरी अगाडि बढ्नुपर्ने सुझाव पनि दिनुभयो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.