-->
भूकम्पपीडितका लागि भन्दै भारतीय नागरिकले ६३ लाख रुपैयाँ ठगे

उद्योग मन्त्रालयले भूकम्पपीडितका लागि कम्बल खरिद गर्ने प्रक्रियाका लागि भन्दै गैरनागरिक बिचौलियाले ६३ लाख रुपैयाँ ठगेको खुलासा भएको छ ।

भारतीय नागरिक सञ्जीव सिंहले भूकम्पपीडितका लागि ३६ हजार कम्बल चाहिएको बताउँदै नेपालगन्जका व्यवसायी वीरेन्द्र गुप्तालाई काठमाडौं बोलाइ ठगेका हुन् । गुप्ताको सुबी ट्रेड लिंकले मन्त्रालयमा प्रतिकम्बल दुई हजार तीन सय ५० का दरले ३६ हजार थानको आठ करोड ४६ लाख टेन्डर प्रस्ताव गरेको थियो । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भन्सार छुटका लागि तोकसमेत लगाएका थिए । मन्त्रीको अनौपचारिक आश्वासनसमेत पाएपछि भारत हरियाणास्थित प्रार्थना उल टेक्समा अर्डर गर्ने बेला आफू ठगिएको थाहा पाएको गुप्ता बताउँछन् । ‘मन्त्रालयभित्रै कुरा भएको र मन्त्रीले समेत काम हुन्छ भनेपछि वैधानिक प्रक्रियाका लागि पैसा दिएको हो,’ उनले भने, ‘मन्त्रालयकै संरक्षणमा ठगी भएको होइन भने मन्त्रीले पनि प्रष्ट पार्नुपर्छ ।’



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.