गाविस सचिवद्धारा पुनर्निर्माणको काम बहिस्कार
दोलखा – दोलखाका गाविस सचिवहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम बहिष्कार गरेका छन् । प्राधिकरणको निर्देशिका स्पष्ट नभएको भन्दै उनीहरुले आइतबारदेखि पुनर्निर्माण प्राधिकरणसँग सम्बन्धित कुनै पनि काम नगर्ने घोषणा गरेका हुन् । गाविस सचिवले काम गर्न नमानेपछि पुनर्निर्माण प्राधिकरणको काम रोकिएको छ ।
पत्रकार सम्मेलन नै गरेर उनीहरुले प्राधिकरणसँग सम्बन्धित काम नगर्ने घोषणा गरेका हुन् । काम गर्दै जाँदा त्रुटी भए त्यसको सम्पूर्ण दोष गाविस सचिवले बेहोनुपर्ने भन्नेमा उनीहरुको असन्तुष्टि रहेको छ । यस्तै उनीहरुले शतप्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था र सुरक्षाको प्रत्याभूति हुनुपर्नेलगायतका माग राखेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...