कहाँ होलान् ती नेपाली ह्यारी?
आज ह्यारीमय भएको छ नेपाल। प्रशंसनीय कामको लागि यस्तो प्रचार हुनु पनि पर्छ। आजको माहौलमा आफ्नो दाहित्व र कर्तव्यबोध प्रत्येक नेपालीले गर्नु पर्दछ। ह्यारीले भूकम्पका समयमा सहयोग गर्ने केही दानबीरहरुलाई सम्झाइ दिए। कुनै प्रचार नै नगरी आफ्नो सहयोगी हात बढाएर दु:खीको घरमा मलम लगाउने एक अपरिचित नेपाली ह्यारीको कथा लेख्ने जमर्को गर्दैछु।
अचानक मेरो साथीको टेक्स्ट म्यासेज आयो- भूकम्पपीडितलाई सहयोग गर्न एक जना अमेरिकाबाट आउँदै छन्। सहयोगी भोलेन्टियर चाहियो रे, जाने हो? बिहानीको समय म अलमलमा परे। कहाँ जाने, कस्तो मान्छे केही विवरण थाहा छैन।
यस्तो समयमा हामी युवाहरुले भरपुर सहयोग गर्नुपर्छ र मेरो चाहना र इच्छा पनि सेवा गर्न पाए हुन्थ्यो भन्ने नै थियो। तर ती आउने दानबीर मान्छे को हुन्, कस्तो र कहाँ सहयोग गर्न जाने हो केही थाहा थिएन। मम्मी घरमा नभएको र पापा काम ले काठमाडौंबारिर भएको अवस्था थियो।
वैशाख २४ मा पुन: साथीको टेक्स्ट आयो - अमेरिकाबाट आउने व्यक्ति नेपाली हुनुहुँदोरहेछ, वैशाख २६ मा काठमाडौं आउने र भक्तपुरमा दुई सय परिवारलाई सहयोग गरेर फर्कने रे। मैले टेक्स्टमा 'ओके' को जवाफ फर्काएँ।
हाम्रो डेराको अगाडि भुइँचालो आउँदा भाग्ने ठाउँ भएको र अलिक सुरक्षितजस्तो देखिएकोले सबै नातागोताका परिवारहरु हाम्रोमा डेरा जमाएर थुप्रिएका थिए। मम्मी आएपछि सबै कुरा सुनाएँ र मम्मीले जाउँ यस्तो सहयोगी काम गर्नुपर्छ भन्दै प्रोत्साहित गर्नुभयो।
म फोनको प्रतीक्षामा थिएँ, त्यो दिन फोन आएन। भोलिपल्ट अर्को ठूलो भुइँचालो आयो। हामी तितरबितर भयौं। पापाले हामीलाई सुरक्षाका लागि केही दिन मधेस जाउँ भन्नुभयो। हामी भोलिपल्ट बिहानै एउटा गाडी रिजर्ब गरी विराटनगर गयौं।
अमेरिकाबाट आउने ती दानबीरलाई भेट्ने र उनको कार्यक्रममा सहभागी हुने मेरो चाहना त्यतिकै तुहियो। म खिन्न हुँदै विराटनगरतर्फ लागेँ।
जेठ २ मा मेरो साथीको टेक्स्ट आयो-ती दानबीर त सहयोग गरी अमेरिका फर्किसकेछन्। उनी वैशाख २८ मा नै जिल्ला प्रशासन र महिला विकासको समन्वयमा नुवाकोटको चार घरे गाविसमा गएर एक सय परिवारलाई सहयोग गरी काठमाडौं फर्केका रहेछन्। भोलिपल्ट अर्को ठूलो भुइँचालोको चपेटामा परेछन् उनी। तर आफू सकुशल रही पुन: भक्तपुरमा थप सय परिवारलाई सहयोग गर्न भ्याएछन्।
विराटनगरमा छँदा मैले धेरै पत्र-पत्रिका हेरेँ, उनको खबर कतै पाइनँ। मेरो साथीलाई यो सहयोगको प्रचार नगर्नू भनेकोले उसले कुनै पनि मिडियालाई जानकारी नदिएको रहेछ। उनी यस्तो सहयोगलाई प्रचार गर्नु राम्रो हैन भन्ने मान्यता राख्ने व्यक्ति रहेछन्। मैले गुगल सर्च गरें, ती दु:खी र पीडितहरुको झुपडीमा गएर मलम लगाएको उनका केही तस्बिरहरु भने पाए।
सम्पूर्ण सहयोग वितरणमा सहभागी मेरो साथीले सुनाए - उनी अमेरिकाबाट सुटुक्क आए, भूकम्प प्रभावित क्षेत्रमा गएँ , दु:खी र बेसहाराहरुलाई प्रत्यक्ष भेटी भनेँ - म आज जे छु, जहाँ छु यही मात्रुभूमिले गर्दा नै छु। जे-जस्तो सके तपाईंहरुको सेवाका लागि लिएर आएको छु। म यस दु:खमा तपाईंहरुलाई साथ दिन सात समुन्द्रपारीबाट आएको।
'आफ्नो छोरा, भाइ, भातिज सम्झी मेरो कोसेलीलाई स्वीकारी दिनुहोला।'
केटाकेटीहरुलाई खेलौना र दुबै प्रभावित क्षेत्रमा दुई सय घर-परिवारलाई सर्भाइबर किट वितरण गरी उनी फर्किए। उनको सर्भाइबर किट सेटमा पानी सुद्द पार्ने औषधि, टर्च , मास्क , मच्छर ब्यान्ड, हात सफा गर्ने सेनेटाइजर, ग्लोवसहित को सेट थियो। सर्भाइबर किट वितरण गर्नुको उदेश्य बताउँदै भूकम्पपछि रोग फैलने हुँदा सफा रहन र आफ्नो र केटा केटहीरुको स्वास्थ्यमा ध्यान दिन सबैलाई अनुरोध गरेँ।
म पनि आफ्नो बिदा सकी अमेरिका फर्किएँ। मैले सहयोगी भएर काम गर्न नपाएता पनि मेरो साथीले साथ दिएकोमा आज मलाई गर्व लागेको छ। मलाई र मेरो साथीको लागि उपहारस्वरुप पठाएको सर्भाइबर किट र टेडी बियरले आज ती दानबीरको सम्झना गरायो। अमेरिकामा कहाँ र के गर्दै होलान् ती दानबीर नेपाली ह्यारी? जहाँ छन् उनी खुसी र सुखी रहुन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...