मंगलबार देखि लोडसेडिङ घट्ने
काठमाडौं, १४ चैत । लामो समयदेखि लोडसेडिङले आक्रान्त भएका उपभोक्ताका लागी खुशीको खबर छ । केही महिनादेखि निरन्तर बढीरहेको लोडसेडिङ घट्ने भएको छ ।
लोडसेडिङको नयाँ तालीका आउँदो मंगलबार देखि नै लागू हुनेछ । नयाँ तालीका अनुसार दैनिक एक घण्टाका दरले लोडसेडिङ घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङको अवधि घटाउन लागिएको हो । नयाँ तालीका अनुसार अब हप्तामा ७७ घण्टा मात्रै लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ। यसअघि हप्तामा ८४ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...