अफगानिस्तानमा ५३ लडाकूद्धारा आत्मसमर्पण
उत्तरी अफगानिस्तानको नान्गार्हार प्रान्तमा आइतबार ५३ जना सशस्त्र लडाकूले आत्मसमर्पण गरेका छन् । ‘आज हाम्रीले ५३ जना सशस्त्र विद्रोहीहरुलाई स्वागत गरेका छौं, ती मध्ये ४३ जना तालिवान आतङ्ककारी र १० जना इस्लामिक स्टेटका आतङ्ककारी रहेका छन्, ती सबै सशस्त्र विद्रोहीहरुले द्वन्द्व छोडी सरकारको पुनःनिर्माण र शान्ति प्रक्रियामा लाग्न आत्मसमर्पण गरेका छन् ’ प्रान्तीय उच्च शान्ति परिषदका प्रमुखले मलिक नजिरले बताउनुभएको छ ।
ती पूर्व आतङ्ककारीहरु नान्गार्हार प्रान्तको आचिन, नाजिआन, सिन्वार र पचिर हगाम जिल्लाहरुमा गत दुई बर्षदेखि आतङ्ककारी क्रियाकलापमा संलग्न रहदै आएका नजिरले बताउनु भएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...