-->
'अमेरिका एक इन्च अघि बढे परमाणु आक्रमण' ।

फोटो :एजेन्सी
एजेन्सी: उत्तर कोरियाले एक पटक फेरि अमेरिकालाई धम्की दिएको छ । यो पटक उत्तर कोरियाले ‘लास्ट चान्स’ नामबाट एक भिडियो जारी गर्दै अमेरिकालाई कडा चेतावनी दिएको हो । 
 
भिडियोमा अमेरिकालाई यदि उ आफ्नो स्थानबाट एक इन्च अघि बढेमा उत्तर कोरिया उसमाथि परणामु आक्रमण गर्नेछ । 
 चार मिनटको यस भिडियोमा उत्तर कोरियाले एक समुद्री युद्धपोतबाट प्रक्षेपण गरिएको मिसाइललाई पनि देखाएको छ । जसको मद्दतले वासिङ्टनलाई पनि ध्वस्त बनाइदिने धम्की उत्तर कोरियाले दिएको हो । 
 
भिडियोक शुरुआतमा अमेरिका र कोरियाबीचमा रहेको सम्बन्धको इतिहास देखाइएको छ । र, अन्तिममा वासिङ्गटनको लिङ्कन मेमोरियल अगाडि न्यूक्लियर मिसाइल झर्दै गरेको देखाइएको छ । 
 
भिडियोमा वासिङ्टनमाथि मिसाइल हमलापछि कोरियान भाषामा अमेरिकालाई धम्की दिँदै भनिएको छ, 'यदि अमेरिका एक इन्च पनि हाम्रोतर्फ बढ्यो भने हामी परमाणु हमला गरिदिनेछौं।'
 
यतिमात्रै होइन भिडियोमा उत्तर कोरियाले आफ्नो दक्षिणी सीमा नजिकै अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासमा पनि कडा आपत्ति जनाइएको छ । 
 
उत्तर कोरियाले विश्वभरको विरोधका बाबजुत जनवरीमा हाइड्रोजन बम परीक्षण गरेको थियो । त्यसपछि कयौं छोटा र लामो दुरीका मिसाइलको पनि उत्तरले परीक्षण गरेको थियो । 
 
उत्तर कोरियाले अमेरिकासँगै दक्षिण कोरियामाथि पनि पटक पटक हमलाको धम्की दिँदै आएको छ। साथै उत्तर कोरियाका नेता किम जोङ्ग उनले विश्वले विरोध गरेपनि आफ्नो सुरक्षाका लागि परमाणु हतियार परीक्षण कुनै हालतमा नरोकिने बताइसकेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.