मलेसिया १४ चैत्र - मलेसियामा एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ४ सयभन्दा बढी नेपाली कामदारको राहदानी जलेर नष्ट भएको छ । जोहोरको सेगामतमा रहेको ईको–सप मार्केटिङ नामक कम्पनी र होस्टलमा दुई साताअघि (मार्च १३) आगलागी हुँदा राहदानी जलेपछि पीडित नेपाली कामदार चिन्तित छन्।
स्थानीय समयअनुसार बिहान करिब पौने ११ बजे भएको उक्त घटनामा कम्पनीको कार्यालयमा राखीएका कामदारका करिब ४ सयभन्दा बढी प्रति राहदानी जलेर नष्ट भएका हुन्।
बिहान करिब पौने ११ बजे आगलागी भएको र ४ सय १५ नेपालीमध्ये ४ सय ८ जना नेपालीको राहदानी जलेको बर्दिया घर भई हाल उक्त कम्पनीमा कार्यरत शैलेन्द्र चौधरीले बताए । उनका अनुसार आगलागीमा ५ जना बर्मेली कामदारको राहदानी पनि जलेर नष्ट भएको थियो।
७ जना नेपालीको राहदानी भने काम विशेषले कार्यालय बाहिर भएकाले जोगिएको छ । आगलागीमा परी कम्पनी भवनमा रहेका ४२ कोठामध्ये १६ कोठाहरु जलेका र होस्टलसमेत जलेपछि रातमा आफुहरु कम्पनी परिसरभित्रै रहेको गाडी पार्कीङ गर्ने ठाउँमा बस्दै आएको चौधरीले बताए।
’कम्पनी र होस्टल समेत गरि १६ वटा कोठाहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । होस्टल पनि जलेपछि हामीहरु कम्पनी कम्पाउण्डभित्रै रहेको गाडी पार्कीङ एरियामा बस्दै आएका छौं,’ चौधरीले कान्तिपुरसित टेलिफोनमा भने, ’राहदानी जलेपनि हामी सबै सुरक्षित छौं । तर अब राहदानी नभएकाले चिन्ता लागेको छ।’
पीडित कामदारलाई कम्पनी व्यवस्थापनले नजिकैको अर्को स्थानमा होस्टल सार्ने तयारी गरिरहेको छ । ’यहाँ नजिकै कम्पनीले नयाँ होस्टल बनाउँदै छ, आधा काम सकीयो रे, अब केही हप्तापछि त्यता सार्दैछ,’ उनले भने। घटनाबारे कम्पनीका व्यवस्थापक र कामदारले क्वालालम्पुरस्थित नेपाली दुतावासमा जानकारी गराईसकेको र राहदानीका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ।
मलेसियामा ४ सय नेपालीको राहदानी जलेर नष्ट, होस्टल समेत जलेपछि पार्किङ एरियामा
सुत्न बाध्य छन् नेपाली
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...