-->
लोडसेडिङ अघोषित रुपमा घट्यो

काठमाडौं, चैत २४ – नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ घटाएको छ । नदीमा पानीको स्तर बढेकाले आधादेखि एक घण्टासम्म लोडसेडिङ घटाउने गरिएको प्राधिकरणले जनाएको छ । अब हिउँ पग्लन सुरु भएकाले प्राधिकरणले औपचारिक रुपमा नै एक/दुई घण्टा लोडसेडिङ घटाउने तयारी गरेको छ । प्राधिकरण स्रोतका अनुसार वैशाखको पहिलो हप्दादेखि लोडसेडिङ घटाउने तयारी छ । अहिले मध्यमाञ्चलमा दैनिक ११ घण्टा, पूर्वाञ्चलमा ६ र पश्चिमाञ्चलमा दैनिक ५ घण्टा लोडसेडिङ हुने गरेको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.