-->
ह्यारीले गोरखामा स्कुल बनाउँदै गरेको तस्बिर सार्वजनिक

काठमाडौं, चैत २४ – बेलायती राजकुमार ह्यारीले गोरखा लापुको प्रभातकिरण स्कुल बनाएको खबर सबैले थाहा पाए । तर ढुंगा र काठ बोक्दै, सिमेन्ट मुछ्दै गरेको तस्बिर चाहिँ कसैले देख्न पाएनन् । अनौपचारिक भ्रमणलाई गोप्य राख्न चाहेका ह्यारीले तस्बिर खिच्न दिएका थिएनन् । बेलायत फर्किएको एक हप्तापछि उहाँले विद्यालय बनाउँदै गरेको तस्बिर सार्वजनिक भएको छ । राजकुमार ह्यारीले गैरसरकारी संस्था टिम रुबिकन युकेसँग मिलेर काम गरेको त्यो संस्थाले जनाएको छ । राजकुमार ह्यारीले काठ, जस्ता तथा सिमेन्ट बोक्दै गरेको तस्बिर टिम रुबिकनले सार्वजनिक गरेको हो । ह्यारी चैत ६ गते पाँच दिने औपचारीक भ्रमणमा नेपाल आउनुभएको थियो । उहाँले आफ्नो पाँच दिने औपचारीक भ्रमण सकिएको दिन थप ६ दिन नेपाल बस्ने र पूनर्निर्माणमा जुट्ने घोषणा गर्नुभयो । त्यस लगत्तै उहाँ गोरखाको लापु पुग्नुभएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.