संयुक्त राष्ट्रसंघ, २० जेठ, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको क्षेप्यास्त्र परीक्षणको विरोध गरेको छ । दक्षिण कोरियाको सैनिकले पनि उत्तर कोरियाले गत मङ्गलबार मात्र गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको थियो । तर संयुक्त राष्ट्रसंघको यस सुरक्षा परिषदले भने पछिल्लो समयमा उत्तर कोरियाले थप दुई पटकसम्म पनि यस्तो परीक्षण गरेको र असफल भएको पाइएको जानकारी दिएको छ । सो परिषदले उत्तर कोरियाले गएको अप्रिल महिनाको २७ र २८ तारिखमा पनि क्षेप्यास्त्र परीक्षण गरेको र ती असफल भएको सूचना प्राप्त गरेको बताएको छ । त्यसैगरी गत मङ्गलबार अर्थात मे १ मा त्यस्तो अर्को परीक्षण गरेको जानकारी दक्षिण कोरियाले दिएको थियो । दक्षिणको यो जानकारी सार्वजनिक भएपछि पनि उत्तर कोरियाको विरोध सुरु भएको थियो । यी परीक्षणहरुबाट उत्तर कोरियाले आफ्नो अन्तर्राष्ट्रिय समुदायसँग जाहेर गरेको प्रतिबद्धताको उल्लङ्घन गरेको भन्दै यी परीक्षणहरुको कडा शब्दमा निन्दा गरेको छ । अज्ञात रुपमा नै उत्तर कोरियाले मे २८ मा गरेको मध्यमदुरीको क्षेप्यास्त्र परीक्षण असफल भएको पाइएको पत्ता लागेको दक्षिण कोरियाली सेनाले जनाएको थियो । मङ्गलबार बिहान साढे पाँच बजेमात्र उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट बिहान यस्तो परीक्षण गर्न लागेको र त्यो असफल भएको पाइएको बताएको हो । विश्वका विभिन्न १५ राष्ट्र सम्मिलत संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बुधबार बसेको बैठकले उत्तर कोरियाको यो कदमले राष्ट्रसंघीय शान्तिसम्बन्धी प्रस्तावको ठाडो उल्लङ्घन गरेको भन्दै उत्तर कोरियामाथि कडा कारबाही गरिनुपर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघले गएको मार्च महिनामा पनि उत्तर कोरियामाथि नाकाबन्दीको घोषणा गरेको थियो । सो नाकाबन्दी अहिले पनि जारी नै छ ।
उत्तर कोरियालाई थप कारबाही गर्नुपर्ने सुरक्षा परिषदको निर्णय
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...