-->
भारतीय मिडियाले तोके केपी ओली पछिको नेपालको प्रधानमन्त्री !

एजेन्सी–नेपालमा थप सत्ता संकट गरिरिएको भन्दै भारतीय मिडियाहरुले समाचार टिप्पणी लेखेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले क्याविनेटमा उपस्थिति नजनाएको विषयलाई लिएर उनीहरुले सो टिप्पणी गरेका हुन् । केही महिना अघिदेखि देखिएको सरकार परिवर्तनको विषय अहिले चरमोत्कर्षमा पुगेको भन्दै यसबेला माओवादीले त्यसमा अन्तिम पहल लिन लागेको भन्दै उनीहरुले समाचार लेखेका छन् । त्यसमा उनीहरुले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल लिन लागेको समेत बताएका छन् । केही महिना अघि भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाए यता नेपालमा सरकार परिवर्तनको मुद्धा थप पेचिलो बन्दै गएको र एमाले–एमाओवादीबीच भएको सहमतिले तत्कालका लागि सो मुद्धा टरेको भएतापनि बजेट निकासा पछि फेरि त्यो संकट देखिन थालेको भन्दै उनीहरुले समाचार टिप्पणी लेखेका छन् । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बजेट निकासा पछि सरकार परिवर्तन गर्ने विषयमा सहमति भएको र त्यही आधारमा माओवादी मन्त्रीहरुले क्याबिनेट बहिष्कार गरेको भारतीय न्युज साइट न्युज २४ ले समाचार लेखेको छ । यद्यपि, बिहीबार नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठक भएका कारण माओवादी मन्त्रीहरु मन्त्रिपरिषद बैठकमा उपस्थित हुन नसकेको भन्ने समाचार बाहिर आइरहेका छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.