-->
कपडा लगाउन त नआउने प्रचण्डका मन्त्रीले खै के पो गलान् र ?

काठमाण्डु, २९ साउन– तस्बीरमा दुई जना मानिस हात मिलाइरहेका छन् ।

13906820_10208675933088044_7328704620789162100_n

एक जनाले खादा लगाएका छन् । अर्का चाहिँ खाला लगाइदिने व्यक्ति हुन् । दुवै हाँसेका छन् र क्यामेरातिर फर्केर पोज दिएका छन् । तीमध्ये एक हुन् युवा तथा खेलकुदमन्त्री दलजित विके श्रीपाइली र अर्का हुन् राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्ट ।

निलो जिन्स पाइन्टमाथि निलै रङको टिसर्ट लगाएका युवा मन्त्री विके हुन् । विष्टले हाफ सर्ट, त्यसमाथि वेस्टकोट र औपचारिक पाइन्ट लगाएका छन् । हुन त पोशाक छनोट व्यक्तिको आफ्नै इच्छामा भर पर्छ । तर, कतिपय जिम्मेवारी यस्तो हुन्छ कि समाजले पचाउने खालको पोशाक लगाउनुपर्छ । समान्य मानिसको पोशाकमा बहस हुन नसक्ला, उसको निजी अधिकार होला ।

तर देशका मन्त्रीले गर्ने व्यवहार, बोलीचाली, पोशाक र खानपिन बहसको विषय हो । ती विषयमा विश्वभर बहस हुने गरेको छ । मानिसको व्यक्तित्व, मनोविज्ञान र स्तरलाई प्रकट गर्ने आधार पनि हो पोशाक । तर, मुलुकको मन्त्री भइसकेका विकले लगाएको टिसर्ट पाइन्टले उनको व्यक्तित्व र मन्त्री पदलाई नै गिज्याएको छ । बिष्ट मन्त्री विकेलाई बधाई दिन शनिबार पुलचोकस्थित मन्त्री निवास पुगेका थिए । करिब औपचारिक जसतै कार्यक्रम थियो ।

किनकी मन्त्रालयको एउटा महत्वपूर्ण निकायका अधिकारी विभागीय मन्त्रीलाई बधाई दिन पुगेका थिए । घरमा बस्दा कसले के पोशाक लगाउँछ, त्यसमा सार्वजनिक चासो हुँदैन र हुनुहुँदैन ।

तर, जब मन्त्री मन्त्रालयको काममा हुन्छन्, त्यतिबेला टिसर्ट पाइन्ट लगाउनु पदीय मर्यादाकै उपहास हो । आफूभन्दा धेरै वष्ठिलाई पाखा पार्दै विके दलित कोटामा मन्त्री भएका थिए ।

- Source: kathmandutoday


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.