जोयाले गहभरी आसु झादै भनिन्’सहयोग गर्ने कहिले बिर्सन नसक्ने धन्यबाद दिएर फर्किन्न’
‘नेपालीसंग बिहे गरेकी फिलिपिनी महिला जोयाको उद्धार गरी स्वदेश फिर्ता’
गिता गुरुङ्ग
श्रीमान र घरपरीवारको हिंसा सहन नसकी घर छाडेर हिडेकी जोयालाई बिगत ५ महिना अगाडी भरतपुरको वालकुमारी रोडबाट गृहले उद्धारगरी संरक्षण गरीएको गृहकी प्रमुख मीना खरेलले जानकारी दिनुभयो ।बिभिन्न सरकारी निकाय र फिलिपिनी दुतावासको सहयोगले जोयालाई स्वदेश फिर्ता पठाउन सफल भएको बताउनुभयो ।
श्रावण ३० गते २ सन्तान सहित स्वदेश फिर्ता हुन लागेकी जोयाले गहभरी आसु वोक्दै नेपाली नागरीकहरु अतिनै राम्रो भएको बताउदै गृहले गरेको कार्यलाई कहिले बिर्सन नसक्ने बताएकी थिइन् । नेपालको बसाईमा बिभिन्न दुख कष्ट भोगेकी जोयाले आफु बलियो रहेको भन्दै आगामी ५ वर्षमा पुनह नेपाल आउने समेत बताएकी थिईन् ।
बिचल्लीमा परेकी एक फिलिपिनी महिलालाई चितवनको भरतपुरमा रहेको आदर्श गृहले उद्धार गरेको छ ।नेपालीसंग बिहे गरेकी फिलिपिनी महिला जोयाको उद्धार गरी आदर्श गृहले आईतवार स्वदेश फिर्ता गर्ने भएको हो । उनका दुई छोरा समेत रहेका छन् ।
News24 Nepal
0 comments
प्रतिक्रिया दिनुहोस्...