नेदरल्याण्डविरुद्ध नेपालको खराब प्रदर्शन, ९४ रनमा अलआउट
२९ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपाल ९४ रनमा अलआउट भएको छ ।
नेदरल्याण्डको भीआरएन टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गर्यो ।
नेपालका चार ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सके । अनिल मण्डलले २०, शरद भेषावकरले १४, सोमपाल कामीले १२ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।
कप्तान पारस खड्का पहिलो बलमै नै आउट भए । सागर पुन ७, राजु रिजाल ३, विनोद भण्डारी ९, सन्दिप लामिछाने १ रनमा पभेलियन फर्किएका छन् । करण केसी शून्यमै आउट भए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...