एचआईभी संक्रमित बालबालिकाका लागि 'राहदानी'
काठमाडौंः वैदेशिक रोजगारीबाट भित्रने खराब कुरामध्ये एक एचआईभी संक्रमण पनि हो । वैदेशिक रोजगारीको विषयमा बनेको चलचित्र ‘राहदानी’ एचआईभी संक्रमित बालबालिकाले हेरेका छन् । राजधानीको अष्टनारायण हलमा ३० बालबालिकाले चलचित्र हेरेका हुन् । घरि हाँस्दै घरि रुँदै चलचित्र हेरेका बालबालिकाले वैदेशिक रोजगारमा जानेलाई सबै कुरा बुझेर जान र आफ्ना परिवारप्रति जिम्मेवार हुन आग्रह गरे । डब्बु क्षेत्रीको लेखन र निर्देशनमा बनेको चलचित्र ‘राहदानी’ यति बेला राजधानी र मोफसलका तीन दर्जन हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । चलचित्रका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालका अनुसार चलचित्रको दोस्रो साताको व्यापार पनि सुखद छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...